May 23, 2017

अब काठमाण्डौमा फेरि रात्रीबस

काठमाण्डौ,८ वैशाख । काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र फेरि रात्री बस सञ्चालनमा ल्याउने भएको छ ।

तीन बर्षदेखि  सञ्चालनमा आउन नसकेको रात्रीबस पुनः सञ्चालन गर्न महानगरले गृहकार्य गरेको छ ।

तत्कालिन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले २०६९ भदौ १ गते तामझामसहित रत्नपार्कमा रात्रिबस उद्घाटन गरेका थिए । २०७० जेठबाट रात्रिबस काठमाडौंमा देखिएका छैनन् ।

यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।