August 23, 2017

अबको १० दिन पछि हर्न बजाउन नमिल्ने

काठमाण्डौ,२२ चैत्र । गाडी चलाउँदा तपाइँको हर्न बजाउने बानी छ ? वा पैदल हिड्दा जथाभावी बाटो काट्नुहुन्छ ?

अबदेखि हर्न बजाउने र जथाभावी बाटो काट्नेलाई कारबाही गरिने  भएको छ ।

यस्तो भेटाइए यातायात व्यवस्था विभागले पाँच हजार रुपैयाँ जरिवाना गर्ने तयारी गरेको छ । वैशाख १ गतेदेखि आकस्मिक अवस्थाबाहेक अन्य बेला उपत्यकामा हर्न निषेध गर्ने निर्णय गरिएको हो । यो खबर आजको कान्तिपुरमा छ ।