October 18, 2017

अफगानिस्तानमा भएका ड्रोन हमलामा अलकायदाका शीर्ष नेता यासिनको मृत्यु

काठमाण्डौ, १३ चैत्र । अफगानिस्तानमा भएको अमेरिकी ड्रोन हमलामा अलकायदाका शीर्ष नेता कारी यासिनको मृत्यु भएको पेन्टागनले दाबी गरेको छ ।

पूर्वी अफगानिस्तानमा गत साता अमेरिकी ड्रोन आक्रमणमा यासिनको मृत्यु भएको पेन्टागनले दाबी गरेको हो । यासिनमाथि कयौ आतंककारी हमलाको आरोप रहेको पेन्टागनले जनाएको छ ।

उनीमाथि सन् २००८ इस्लामावादको मैरियट होटलमा भएको बम विस्फोट, सन् २००९ मा लाहोरमा श्रीलंकाका क्रिकेट टोलीसवार बसमाथिको हमला लगायतका आरोप रहेको अमेरिकी रक्षामन्त्री जिम मैटिसले जनाएका छन् ।

अमेरिकाले यासिनको पछिल्लो चार वर्षदेखि खोजी गरिरहेको थियो ।