June 27, 2017

अफगानिस्तानको काबुलस्थित प्रहरी मुख्यालयमा आक्रमण, १६ जनाको मृत्यु, ४४ जना घाईते

 काठमाण्डौ, १९ फाल्गुन । अफगानिस्तानको राजधानी काबुलस्थित प्रहरी मुख्यालय लगायत विभिन्न स्थानमा तालिवान लडाकुले गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । 

राजधानी काबुलको पश्चिमी भागमा रहेको प्रहरी मुख्यालय लगायतका स्थानका तालिवान लडाकुको आक्रमणमा परि ४४ जना घाईते भएका छन् ।

आत्मघाती कार बम विस्फोट गरे लगत्तै लडाकुहरुले अन्धाधुन्ध गोलीबारी गरेको अधिकारीहरुले जनाएका छन् । विस्फोट लगत्तै बन्दुकधारी एक लडाकुले अफगानी खुफिया एजेन्सीको प्रवेद्धारमा आत्मघाती विस्फोट गराएको अधिकारीले जनाएका छन् ।