August 23, 2017

अपाङ्ग दुई महिलालाई प्रवासी नेपालीको सहयोग

रौतहट १२ चैत । बेल्जिएममा बसोवास गरिरहेकी प्रवासी नेपाली यसु थापा सुवेदीले आफ्ना छोरा छोरीको जन्मदिनका अवसरमा अपाङ्ग महिलालाई राहात वितरण गरेकी छन ।
शनिवारका राजपुर फरहदवा गाउँपालिका फतुहा महेशपुरटोल बस्ने सुनैना देवी कहारिन र चम्पा देवी पासवानलाई एक एक थान बैशाखी र र ५०–५० किलो चामल वितरण गरिएको हो ।
स्थानिय पत्रकार अभिमनु पटेलको सक्रियतामा उक्त राहात सामाग्री बतिरण गरिएको थियो । उक्त अवसरमा अपाङ्ग महिला सुनैना देवी कहारिनको छोरीको यहि बैशाख १३ गते हुने विवाहका लागि तमलोपाका केन्द्रीय सदस्य अरूण सिहंले आफनो तर्फबाट बेहुलालाई एउटा साईकल र शुट उपहार दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।