November 17, 2017

अपाङ्गलाई भरिया बनाई करोडौं रुपैयाँ बराबरको राजश्व चुहावट

वीरगंज, २५ फाल्गुन । अपाङ्ग कल्याण संघ पर्साका अध्यक्ष संजय कुमार सर्राफले अपाङ्गलाई भरिया बनाई करोडौं रुपैया राजश्व चुहावट रोक्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी भईरहेको बताएका छन् ।

उनले नेपाल–भारत सीमामा रहेका तस्कर र प्रहरी प्रशासनको मिलोमतोमा अपाङ्गलाई भरिया बनाई करोडौं रुपैया राजश्व चुहावट गर्ने खेललाई समाप्त गर्न जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी भैरहेको बताउनु भएका छन् ।

ज्ञापन पत्रमार्फत अध्यक्ष सर्राफले अपाङ्गलाई बदनाम गराई धन आर्जन गर्नेमाथि कडा कारवाही गर्ने माग समेत समेत माग गरेका छन् ।

भरियाका रुपमा रहेका अपाङ्गहरू मध्ये १० प्रतिशत नेपाली अपाङ्ग र बा“की ९० प्रतिशत भारतीय अपाङ्गहरू रहेकोले नेपाली अपाङ्गहरूलाई नेपालमै स्वरोजगारीमूलक कार्यमा सहभागी गराउन शीपमूलक तालिम गराउने प्रकृया अगाडी बढाउने गृहकार्य भइरहेको सर्राफले बताए ।