अपहरित पाँच बर्षिय बालक सकुशल मुक्त

काठमाण्डौ,१६ साउन । काठमाण्डौबाट अपहरणमा परेका पाँच वर्षीय बालक  विशाल चौधरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

काठमाण्डौको पकनाजोलमा रहेको सरस्वती माविमा यू केजीमा अध्ययनरत विशाललाई काँडाघारीबाट उद्धार गरेको प्रहरीले बताएकाे छ ।

विशाल गएको बिहीबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कबिहीन भएका थिए । बुटवल घर भएका विशाल परिवारसंगै काठमाण्डौको असनमा बस्दै आएका थिए । प्रहरीले अनुसन्धानका क्रममा एकजनालाई पक्राउ गरेको छ ।