August 22, 2017

अन्तर्राष्ट्रिय लगानी सम्मेलन, भारतभन्दा चीन निकै अगाडि

काठमाण्डौ, २० फाल्गुन । काठमाण्डौंमा जारी अन्तर्राष्ट्रिय लगानी सम्मेलन सकिएको छ । कुल १३ खर्ब ५२ अर्ब लगानी मध्ये चीनले मात्रै ८ खर्ब ३० अर्बको लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

लगानी सम्मेलनमा कुल १३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आएको लगानी बोर्डले बताएको छ । सम्मेलनमा चिनियाँ पक्षले नेपालमा लगानी गर्न बढी चासो देखाएको छ ।

प्रतिशतका आधारमा हेर्ने हो भने चीनको मात्र लगानी कुलमध्ये ६० प्रतिशतभन्दा बढि हुन जान्छ । यो प्रतिशतले नेपालको अर्को छिमेकी राष्ट्र भारतलाई निकै पछाडि पारेको छ । भारतको लगानी प्रतिबद्धता प्रतिशतमा मापन गर्ने हो भने जम्मा २.२९ प्रतिशत हुन जान्छ ।

लगानीको मामलामा सार्ककै अरु राष्ट्र बंगलादेश र श्रीलङ्काले पनि भारतलाई उछिनेका छन् । बंगलादेश र श्रीलङ्काको लगानी प्रतिबद्धता क्रमशः २ खर्ब ४० अर्ब र श्रीलङ्काको तर्फबाट ५० अर्ब लगानीको प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी बेलायत र जापानले एक एक खर्ब लगानीको प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी नेपालका लगानीकर्ताले पनि १ अर्ब १५ करोड लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

यो नेपाल सरकारले अनुमान गरेको भन्दा १२ खर्ब ५२ अर्ब करोड रुपैयाँले बढि हो । सम्मेलनमा २ सय ५० भन्दा बढि विदेशी लगानीकर्ता सहभागि थिए ।