August 16, 2017

नेपाल पत्रकार महासंघकी केन्द्रीय पार्षद विद्रोहीले अनसन तोडिन्

काठमाण्डौ, ५ वैशाख । प्रत्यक्ष निर्वाचन प्रणालीबाट पार्सद छनौट गर्नुपर्ने लगाएतका माग राख्दै आमरण अनसनरत नेपाल पत्रकार महासंघकी केन्द्रीय पार्सद भावना विद्रोहीले अनसन तोडेकी छिन् ।

महासंघ र विद्रोहीबीच माग सम्बोधन गर्ने सहमति भएपछि पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्टले जुस खुवाएर अनसन तोडाएका थिए । महासंघ र विद्रोहीबीच महासंघको निर्वाचनमा राजनीतिक हस्तक्षेप बन्द गराउने र निर्वाचन प्रणालीका बिषयमा छलफल गर्ने लिखित सहमति भएको हो ।

महासंघका अध्यक्ष बिष्टले संगठनलाई सुदृढ पार्न आफूले भूमिका खेल्ने बताए । त्यस्तै विद्रोहीले आफ्नो माग पूरा नहुने भए फेरी आन्दोलन गर्ने चेतावनी दिएकी थिइन् ।

महासंघलाई राजनीतिक अखडा नबनाउन माग गर्दै १३ दिन यता विद्रोही अनसन बस्दै आएकी थिइन् ।