August 22, 2017

अन्ततः आमिर खानले हिरोइन छाने

काठमाण्डौं, १९ फाल्गुन । आमिर खान आफ्नो फिल्ममा हिरोइन छान्ने मामलामा धेरै समय लिन्छन् । आफ्ना चलचित्र लगातार खरो उत्रनु यसकै कारण हो ।

स्रोतका अनुसार हिरोइन छनोट गर्ने काम निर्माता वा निर्देशकको हो तर अन्तिम निर्णय आमिर नै लिने गर्दछन् । कथावस्तुमा सुहाउने हिरोइन खोज्नु नै आमिरको सफलताको प्रतिक हो ।

आमिर खानले ‘ठग्स अफ हिन्दुस्तान’ नामको फिल्म गर्दैछन् । यो चलचित्र यश राज फिल्म्सले बनाउँदै छ । यो फिल्ममा उनीसँगै अभिताम बच्चन पनि देखिँदै छन् । यी दुई अभिनयका माहिर खेलाडी हुनाले दर्शक पनि आतुर रहेका छन् ।

सूत्रका अनुसार श्रद्धा कपूरको नाम आमिर खानले लिएको बताइएको छ । यसको कारण के हो भने आमिर नयाँ पुस्तासँग काम गर्न चाहन्छन् । अरु खानले पनि यही फर्मुला प्रयोग गर्छन् भने आमिर किन पछि परुन् ?