September 23, 2017

अन्जली र निशाले उपत्यकाव्यापी कराँते तथा किक बक्सिङ प्रतियोगितामा स्वर्ण जिते

काठमाण्डौ, ८ वैशाख । ब्लेसकी अन्जली महर्जन र सोतोकानकी निशा श्रेष्ठले पाँचौं उपत्यकाव्यापी कराँते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महिला ३० केजीमा अन्जलीले आयोजक केन्द्रीय डोजोकी रोशना खड्का तथा ३५ केजीमा निशाले नरहरिपुरकी मुना शाक्यलाई फाइनलमा पराजित गरे ।

प्रतियोगिताको उद्घाटन राखेपका सदस्य–सचिव केशवकुमार विष्टले गरेका थिए । उक्त प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।