August 24, 2017

अनुहारका अनावश्यक रौं हटाउने आयुर्वेदिक उपचारहरु

काठमाण्डौ, २२ चैत्र । अनुहारमा विभिन्न कारणले रौं बढ्न सक्छन् । तर हामीमध्ये कतिपयलाई नियमित सैलुन गएर रौं हटाउनु पर्दा दिक्क भएको हुन सक्छौं । यतिमात्र होइन यसको लागि धेरै कुरा सहन पर्नु पर्ने हुन्छ ।

एकातिर पीडाको साथै अर्काेतिर रकमको पनि ओइरो लगाउन पर्ने हुन्छ । के तपाईलाई थाहा छ आयुर्वेदिक पद्धतिद्वारा पनि शरीरमा आएका अनावश्यक रौंहरु हटाउन सकिन्छ । हो, आयुर्वेदिक उपचारद्वारा रौं मात्र हट्ने होइन अनुहारमा चमक पनि आउने गर्दछ ।

आउनुहोस् त्यस्ता आयुर्वेदिक उपचारबारे जानकारी लिऔं–
बेसार कालो चनाको धुलो

बेसारलाई एक प्राकृतिक रौं हटाउने तत्वको रुपमा लिँदा गलत नहोला । यदि यसलाई कालो चनाको साथ मिलाएर लगाइन्छ भने त्यो अझ बढि प्रभावकारी हुन्छ । यसका लागि बेसार र कालो चनाको पाउडरलाई पेस्ट बनाउनुहोस् । यसमा गुलाब जलको पनि प्रयोग गर्न सकिन्छ । उक्त पेस्टलाई तपाई जहाँको रौं हटाउन चाहनुहुन्छ त्यहि लगाउनुहोस् र ३० मिनेटसम्म राख्नुहोस् । उक्त पेस्टलाई धुनको लागि तातो पानीको प्रयोग गर्नुहोस् । यो प्रक्रिया ३ महिनासम्म जारी राख्नुहोस् । यदि कसैको छाला रुखो छ भने पेस्टमा दही पनि मिलाउन सकिन्छ ।

कुसुम तेल–

यो हेर्दा सूर्यमुखीजस्तै देखिन्छ । यसमा असंख्य मात्रामा पौष्टिक तत्व हुने गर्दछ । यसको प्रयोग खाना पकाउँदा पनि प्रयोग गर्न सकिन्छ । यसको अलावा सलादमा पनि यसलाई प्रयोग गर्न सकिन्छ । यतिमात्र नभएर यसको प्रयोग हबल टिमा पनि हुने गर्दछ । यसको प्रयोग रातमा गर्नुपर्दछ । मतलब यसलाई रातमा लगाउने र ३–४ घण्टापछि मनतातो पानीले धुने ।

हर्बल घिउ–

सामान्यतयाः यो घिउको प्रयोग चिकित्सा क्षेत्रमा गरिन्छ । जुन व्यक्तिमा हर्मन सम्बन्धी समस्या हुन्छ, तिनीहरुमा प्रयोग गरिन्छ । यसको अलावा स्त्रीरोगमा पनि यसको प्रयोग गरिन्छ । आयुर्वेदिक विशेषज्ञका अनुसार दिनमा दुईपटक यसको प्रयोग गर्न सकिन्छ ।

बेसार र चन्दन–

हामीले बेसारको महत्वलाई अघि पनि चर्चा गरिसकेका छौं । चन्दनलाई छालाको लागि अति नै महत्वपूर्ण मानिन्छ । बेसारसँगै चन्दनको प्रयोग गर्ने हो भने अनावश्यक रौंहरु हटाउन सकिन्छ । यसको पेस्ट बनाएर लाउने र अन्त्यमा मनतातो पानीले धुने ।