May 26, 2017

अाफु माथि अनुसन्धान भैरहेको भन्ने कुरा झुठो भएको ट्रम्पको भनाइ

काठमाण्डौ २९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि अनुसन्धान भैरहेको कुरा झूठो भएको दावी गरेका छन ।

बिबिसिलाइ अन्तवार्ता दिंदै राष्ट्रपति ट्रम्पले एफबिआइ निर्देशक जेम्स कोमीलाइ बर्खास्त गर्नु आफनो एकल निर्णय भएको बताए । जेम्सलाइ बर्खास्त गर्नुको कारण ट्रम्प स्वयं अनुसन्धानको घेरा भित्र रहेको बताइएको थियो ।

ट्रम्पले बर्खास्त गर्नुअघि जेम्सलाइ आफूमाथि अनुसन्धान भैरहेको विषयमा के हो भनी सोधपुछ गरेका थिए । जवाफमा जेम्सले राष्ट्रपति छानबिनको दायरमा नभएको बताएको ट्रम्पले उल्लेख गरेका छन । रुससंगको सम्बन्ध र हिलारी क्लिन्टनका इमेलबारे अनुसन्धान गरिरहेकाबेला जेम्स बर्खास्तीमा परेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *