October 23, 2017

अनियमिता छानविन गर्न उपसमिति गठन

काठमाण्डौ, १२ फाल्गुन । संसदीय समितिले शान्तिका लागि विकास कार्यक्रम सञ्चालनमा भईरहेको अनियमिता र शान्ति कोष सञ्चालनको प्रक्रियामा भईरहेको अनियमिता छानविन गर्न उपसमिति गठन गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले द्धन्दकालमा धवस्त भएको पूर्वाधार संरचनाको पुननिर्माण र पुनसंरचनामा भईरहेको अनियमिता अध्ययन गरि प्रतिवेदन तयार गर्न समेत अर्को उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै व्यवस्थापिका संसद सचिवालयसंग संविधान कार्यान्वयनका लागि भएको सम्र्झौता अनुसारको बजेट कार्यान्वय गर्न शान्ति मन्त्रालयलाई निर्देशन समेत दिईएको समिति सभापति सुशील श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा शान्ति तथा पुनर्निर्माण मन्त्री सितादेवी यादवले आफ्नो मन्त्रालय कामै गर्न नसक्ने अवस्थामा रहेको गुनासो गरेकी छिन् । उनले मन्त्रालय अन्तरगत कुनै निकाय नै नभएकाले द्वन्द्व पीडितलाई न्याय दिने काममा समेत ढिलाई भएको बताईन ।

बैठकमा समितिका सदस्यहरुले शान्ति मन्त्रालयले शान्ति स्थापनाका लागि ठोस कदम चाल्न नसकेको भन्दै आलोचना गरेका छन । उनीहरुले द्वन्द्वकालमा घाइते भएकाहरुलाई राहत समेत शान्ति मन्त्रालयले उपलब्ध गराउन नसकेको भन्दै आपत्ति पनि जनाएका छन् ।