October 19, 2017

अण्डरटेकरले ‘डब्ल्यूडब्ल्यूई’ बाट अवकाश लिँदै

काठमाण्डौ, २१ चैत्र । झण्डै २७ वर्षपछि रेसलिङका महान् हस्ती अण्डरटेकरले ‘डब्ल्यूडब्ल्यूई (वल्र्ड वाइड इन्टरटेनमेन्ट)’ बाट अवकाश लिँदै छन् ।

उनले आईतबार राति भएको रेसलमेनिया ३३ को अन्त्यमा आफ्नो पञ्जा, ह्याट र कोट रिङको मध्यभागमा खोलेका थिए । अवकाशसँगै असल नाम मार्क विलियम कालावे भएका ५२ वर्षीय खेलाडीले रोमन रेन्जसँगको मुख्य खेल हारेका थिए ।

‘डब्ल्यूडब्ल्यूई’ मा उनको उपस्थितिलाई कदर गर्दै प्रशंसकहरुले उनलाई धन्यवाद पनि दिएका छन् ।

उनले करियरमा धेरैपटक हेभिवेट च्याम्पियन, ६ पटकसम्म ट्याग टिम होल्डर र रोयल रम्बलको उपाधि पनि जितेका छन् ।