June 24, 2017

अज्ञात सुमहद्धारा क्याम्पसमा आगजनी

राजेन्द्र सिह बिष्ट
२७ माघ, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका ५ स्थित कञ्चन विद्यामन्दिर सामुदायिक क्याम्पसमा बुधवार राति अज्ञात समुहले आगजनी गरेको छ ।
क्याम्पसका चौकीदारको कोठा, छात्राबास कोठा तथा शिक्षक बस्ने कोठामा बाहिरबाट कुण्डी लगाई क्याम्पसको लेखा शाखामा आगजनी गरेका गरिएको छ ।
आगोबाट २०३३ साल देखि क्याम्पसका रहेका सम्पुर्ण कागजात जलेर नष्ट भएका छन् । त्यस्तै त्रिबिबाट प्राप्त भएका आवश्यक कागजातहरु पनि जलेर नष्ट भएको लेखा शाखाले जनाएको छ । लेखा शाखाका दुई वटा कोठा जलेर पुर्ण रुपमा नष्ट भएका छन् ।

केहि दिन अघि मात्र कञ्चन विद्यामन्दिर सामुदायीक क्याम्पसबाट सम्पुर्ण डाटाहरु भएका कम्प्यूटर, ल्यापटप तथा दुई लाख नगद लगायतका अन्य समानहरु चोरी भएको थियो ।
यसै गरी कञ्चन विद्यामन्दिर सामुदायिक क्याम्पसका बिद्यार्थीहरुले आजै जिल्ला प्रशासन कार्यालय घेराउ गरी अपराधी लाई छिटो भन्दा छिटो पक्राउ गरी कारवाही गर्न माग गरेका छन ।