November 17, 2017

अख्तियारद्वारा योजना अधिकृत भरत यादव पक्राउ

उमेश दुबे
बारा, १ फागुन । रकम हिनामिना गरेको आरोपमा जिल्ला विकास समिति बाराका अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
आर्थिक बर्ष २०७१।०७२ मा बाराको कचोर्वा गाविसको गाविस सचिव जयपत यादवको किर्ते हस्ताक्षर गरी १९ लाख रुपैया गाविसको रकम हिनामिना गरेको आरोपमा जिल्ला विकास समिति बाराका सूचना तथा समाजिक विकास अधिकृत भरत यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

रकम हिनामिनाको आरोपमा धेरै समयदेखिको अनुसन्धान पछि यादवलाई पक्राउ गरिएको बताइएको छ । शुक्रवार तारिखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाण्डौ पुगेका यादवलाई आयोगले हिरासतमै राखेको छ । यादवले किर्ते हस्ताक्षर गरेको प्रमाणित भएपछि पक्राउ गरिएको आयोगले जनाएको छ ।