October 23, 2017

अक्सिजन विना १८ मिनेटसम्म बाँच्न सक्छ यो जिव

काठमाण्डौ, १० वैशाख । पूर्वी अफ्रीकामा एकदमै अनौठो मुसाकाे प्रजाति  पाइएको छ ।

न्यूड रयाट् मोल नामको या मुसा एकदमै फरक विशेषता भएको स्तनधारी जनावर हो । यसलाई केही कुराको पनि दुखाइ महशुस हुँदैन । यो अगाडि र पछाडि बाट सजिलै दौड्न सक्छ । खोजकर्ताका अनुसार यो एकदमै फरक विशेषता भएको जिव मानिएको छ । यसको टुथ ब्रस जस्तो दाँतले झन यसलाई अनौठो बनाएको छ ।

यो विना अक्सिजन १८ मिनेटसम्म बाँच्न सक्छ । अमेरिकाको इलिनोइस युनिभर्सिटी का जिव विज्ञान प्रोफेसहरुले गरेको एक अध्यनमा यो मुसालाई पिंजडामा ५ प्रतिशत अक्सिजनमा राखियो तर ५ घण्टा पछि पनि यसमा कुनै असहजताको लक्षण देखिएन , त्यसपछि यसलाई शून्य अक्सिजन पनि राखीयो तर यो १८ मिनेटसम्म हिंडडुल गरिराखेको पाइए पछि प्रोफेसरहरु अच्चमित बने ।

मोलीक्यूलर मेडिसिन सेन्टर बर्लिनका जिव विज्ञान वैज्ञानिक ऐन रेजनिकले मानवमा समेत आश्चर्य लाग्ने केहि गुण रहेको हुन सक्ने भन्दै यसको खोज गर्ने बताए ।