October 17, 2017

अक्सफोर्ड डिक्सनेरीले थप्यो दुई शब्द

काठमाण्डौ, २२ फाल्गुन । भनिन्छ भाषाको कुनै सीमितता हुँदैन । समय र चाल चलनसँगै भाषा पनि बदलिने गर्दछ ।

साथै कति शब्दहरु थपिने पनि गर्दछन् । यो सबै आम मानिसले जन्माएको आवश्यकता हो । जति जति समय परिवर्तन हुँदै जान्छ, त्यति नै शब्दहरु थपिन्छन् ।

अक्सफोर्ड डिक्सनेरीले क्लिक्टिभिजम र हेटेरेड शब्द थपेको छ । क्लिक्टिभिजमको अर्थ सामाजिक कारणहरुलाई सामाजिक सञ्जाल, मिडिया र इन्टरनेटको माध्यमबाट फैलाउनु हो ।

त्यस्तै हेटेरेडको अर्थ अत्याधिक आलोचना भन्ने बुझिन्छ । यी शब्दहरु अमेरिकी राष्ट्रपतिको चुनावका बेला जन्मिएको र हामी पनि ट्रम्पको शासनकालमा जन्मिने थप शब्दको प्रतिक्षामा रहेको अक्सफोर्डका अधिकारीले बताए ।