August 20, 2017

अक्षयजस्तो श्रीमान् हुँदा पनि मसँग यौन दुर्व्यवहार भयोः ट्विंकल

काठमाण्डौ, ९ चैत्र । बलिउड अभिनेता अक्षय कुमारकी पत्नी ट्विंकल खन्ना पनि यौन दुर्व्यवहारबाट बच्न सकिनन् ।

भारतको एक चर्चित अखबारको कोलममा लेख लेख्दै ट्विंकल खन्नाले यो कुराको खुलासा गरेकी हुन् ।

उनको अनुसार, केही साल पहिला मेरो मोबाइलमा एउटा म्यासेज आएको थियो ।

उनलाई एक धनी मानिसले एक अश्लिल म्यासेज पठाएका थिए । खन्नाको अनुसार, उनी आफ्नो कामलाई व्यवसायिक हिसाबले गर्न चाहन्थिन् र उनले पनि त्यसै गरिन् ।

‘मिसेज फनीबोस’ र ‘द लीजेन्ड अफ लक्ष्मीप्रसाद’ जस्ता चर्चित किताब लेखिसकेकी खन्नाले भनिन्, ‘मेरो विवाह यस्तो पुरुषसँग भयो जसले फिल्मी दुँनियामा मुक्का मारेर विपक्षीलाई तोड्ने गर्दछ ।’

‘यस्तोमा ती महिलाको हालत के होला ? जो कामका लागि आफ्नो घरबाट बाहिर जानुपर्ने हुन्छ ।’ उनले भनिन् ।

नेशनल बार एसोसिएसनको अनुसार भारतमा ३८ प्रतिशत महिला कामको सिलसिलामा घरबाहिर जाँदा यौन दुर्व्यवहारमा पर्ने गरेका छन् ।