सुन तस्करी गिरोहका नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

८ जेष्ठ २०७५, मंगलवार ११:५३

काठमाण्डौ, ८ जेष्ठ । विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै अाएका गिरोहका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।

संविधान संशोधनको विषयमा मधेसवादी दलहरूसँग सहमति भइसक्यो : प्रचण्ड

८ जेष्ठ २०७५, मंगलवार ०७:५९

काठमाडौं ८ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषयमा मधेसवादी दलहरूसँग सहमति भइसकेको बताउनुभएको छ।


समाचार

सुन तस्करका नाइके गोरे सार्वजनिक, काठमाण्डौबाटै पक्राउ परेको जानकारी

८ जेष्ठ २०७५, मंगलवार १३:१७

काठमाण्डौ, ८ जेष्ठ । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जानकारी दिएको छ ।

आमरण अनसनको कार्यक्रमलाई सशक्त पार्दै मिसन सिन्धुलीगढी

८ जेष्ठ २०७५, मंगलवार १२:२७

काठमाण्डौ, ८ जेष्ठ । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश खारेजीको माग गर्दै मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चा नेपालले सुरु गरेको आमरण अनसनको कार्यक्रमलाई सशक्त पार्ने जनाएको छ ।

विराटनगरस्थित फिल्ड अफिस हटाउने भारतको निर्णय

८ जेष्ठ २०७५, मंगलवार १२:१६

काठमाण्डौ, ८ जेष्ठ । भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने जनाएको छ ।

सुन तस्करी गिरोहका नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

८ जेष्ठ २०७५, मंगलवार ११:५३

काठमाण्डौ, ८ जेष्ठ । विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै अाएका गिरोहका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।

संविधान संशोधनको विषयमा मधेसवादी दलहरूसँग सहमति भइसक्यो : प्रचण्ड

८ जेष्ठ २०७५, मंगलवार ०७:५९

काठमाडौं ८ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषयमा मधेसवादी दलहरूसँग सहमति भइसकेको बताउनुभएको छ।


राष्ट्रिय

सरकारको नीति तथा कार्यक्रम: ५ वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने लक्ष्य

काठमाण्डौ, ७ जेष्ठ । सरकारले नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य राखेको छ ।

सरकारले सोमबार संघीय संसदमा प्रस्तुत गरेको २०७५–७६ को नीति तथा कार्यक्रममा पाँच वर्षभित्र प्रति व्यक्ति आय दोब्बर बनाउने उल्लेख छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रति व्यक्ति आय पाँच वर्षमा दोब्बर बनाइने बताइन् । आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंक नजिक पुर्याइने उल्लेख गर्दै उनले पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने बताइन् ।

मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै त्यसको समाधानको लागि आवश्यक कदमहरू चाल्ने सरकारले घोषणा गरेको छ । यसका लागि सरकारले सरकारी खर्चको नतिजा खोजिने र नतिजा प्राप्त नहुने क्षेत्रमा बजेट विनियोजन नगरिने उल्लेख गरेको छ । त्यसैगरी वित्तिय अनुशासनलाई प्रमुखता दिइने कार्यक्रममा उल्लेख गरेको छ ।

त्यसैगरी आन्तरिक स्रोत परिचालनलाई प्राथमिता दिंदै उत्पादन बृद्धिलगायतका क्षेत्रमा पुँजी लगानी बढाइने पनि नीति तथा कार्यक्रममा छ । त्यस्तै नीति तथा कार्यक्रममा सबै नेपालीलाई वित्तिय पहुँचमा पुर्‍याउने र सबै प्रकारका संगठित संस्थाको भुक्तानीलाई वित्तिय संस्थामार्फत अनिवार्य गरिनेसमेत उल्लेख गरिएको छ ।

उद्योग तथा घरायसी प्रयोगका लागि २४ सै घण्टा विद्युत् सेवा उपलब्ध गराउने, प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकता दिएर अगाडि बढाइने सरकारको कार्यक्रममा समावेश छ । यस्तै पाँच वर्षभित्र तराईलाई काठमाडौँसँग जोड्ने द्रुत मार्ग तथा मध्यपहाडी राजमार्ग निर्माण गर्ने, मदन भण्डारी राजमार्ग निर्माणलाई विशेष जोड दिइने कार्यक्रमलाई समेत प्रमुख प्राथमिकतामा राखिएको छ ।

रसुवागढी– काठमाडौँ– पोखरा– लुम्बिनी रेलमार्ग निर्माण गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने सरकारको लक्ष्य छ । यस्तै सबै स्थानीय तहसम्म सूचना राजमार्ग विस्तार तथा विकास गर्ने र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम समेत प्रमुख प्राथमिकतामा राखिएको छ ।

त्यस्तै सरकारी, निजी तथा सहकारी साझेदारीमा विकासलाई प्रमुख आधारको रूपमा विकास गर्ने, प्रमुख शहरलाई हरित शहरमा विकास गर्ने, जैविक विविधताको संरक्षण तथा नदी किनारा संरक्षणमा जोड दिने, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउने र स्वच्छ पानीे उपलब्ध गराउन विशेष ध्यान दिइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

७ जेष्ठ २०७५, सोमबार १८:०४

५ वर्षभित्र कामका लागि विदेश जानुपर्ने बाध्यताको अत्त्य गर्ने सरकारको नीति

काठमाण्डौ, ७ जेष्ठ । सरकारले ५ वर्षभित्र कामका लागि विदेश जानुपर्ने बाध्यताको अवस्था अत्त्य गर्ने नीति सार्वजनिक गरेको छ ।

प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कुुराको घोषणा गरेकी हुन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सञ्चालन गर्ने जानकारी दिएकी हुन् ।

७ जेष्ठ २०७५, सोमबार १७:२९

सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत

काठमाण्डौ, ७ जेष्ठ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरिएको छ ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदको दुवै सदनको स‌ंयुक्त बैठकमा प्रस्तुत गरेकी हुन् । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको सम्बोधनको प्रति प्रस्तुत गर्न प्रदान गरेका थिए ।

सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सबैका लागि समृद्धि सरकारको नीति हुने बताइन् । राष्ट्रपति भण्डारीले नेपालको शासकीय संरचनाअनुसार बनेका तीन तहका सरकार जनताको आकांक्षा पूरा गर्ने साझा संस्था भएको उल्लेख गरिन् । उनले विकास समृद्धि हासिल गर्ने अर्को विकल्प नरहेको बताउँदै तीनै तहको सरकारबाट समृद्धिको दिशामा अघि बढ्नु पर्ने बताइन् ।

दुई छिमेकी मुलकसंगको समान व्यवहार र अन्तर्राष्ट्रिय सम्बन्ध मानवजातिले विश्वसम्बन्धमा गरेका लामा अनुभवका आधारमा वैज्ञानिक आधारमा हुने उनले उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारी नयाँ बानेश्वरस्थित संसद् भवनमा पुग्दा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतले स्वागत गरेका थिए । सोही अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । सरकार गठन भएको तीन महिनापछि सरकारले आफ्नो नीति तथा कार्यक्रम सदनमार्फत सार्वजानिक गरेको हो । संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते केन्द्र, असार १ गते प्रदेश र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

७ जेष्ठ २०७५, सोमबार १७:१०

अाजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन

काठमाण्डौ, ७ जेष्ठ । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको छ ।

विमानस्थलमा सोमबार आयोजित विशेष कार्यक्रमकाबीच सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल २१ घण्टा सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् । यसअघि विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्म जम्मा १८ घण्टा सञ्चालन भइरहेको थियो ।

सञ्चालन अवधि २१ घण्टा पुर्‍याउँदा त्यो समय बिहान ६ देखि भोलिपल्ट बिहान ३ बजेसम्मको हुने छ । त्यस्तै सोमबारदेखि नै विमानस्थल प्रवेशको चापलाई मध्ननजर गर्दै बाहिर निस्कने छुट्टैबाटोको पनि उद्घाटन गरिएको छ । अब विमानस्थल प्रदेश गर्दा साविकको प्रवेशद्धार र बाहिर निस्कदा सिनामंगलको बाटो भएर निस्कनुपर्ने विमानस्थलले जनाएको छ ।

कार्यक्रममा मन्त्री अधिकारीले सरकारले २४ सै घण्टा विमानस्थल सञ्चालन गर्ने लक्ष्य राखेपनि साधन र स्रोतको व्यवस्थापन, जनशक्ति लगायतका कारणले हाल २१ घण्टामात्रै सञ्चालनमा ल्याएको बताए । उनले शक्तिको वरिपरि घुमेर खुट्टा तान्ने काम अब स्वीकार्य नहुने भन्दै जनताको सेवामा जुट्न निर्देशन दिए ।

त्यस्तै पर्यटन सचिव कृष्ण प्रसाद देवकोटाले सरकारी सेवामा रहँदा सरकारकै खुट्टा तान्न खोज्ने प्रवृति अब विमानस्थलभित्र सह्य नहुने स्पष्ट पारे । उनले जनताको सेवामा काम गर्न मन नलागे राजीनामा दिई घर बस्न सुझाव पनि दिए । सरकारको निर्णय पालना गर्न निर्देशन दिंदै उनले निर्देशन पालना नगरिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिए ।

हाल अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तराष्ट्रिय गरी दैनिक झण्डै चार सय उडान र अवतरण हुने गरेको छ । मन्त्री अधिकारीको सय दिने कार्ययोजनाको उच्च प्राथमिकतामा परेको यो कार्यलाई सफल तुल्याउन सरोकारवाला निकाय तथा विज्ञसँग मन्त्री अधिकारीले पटक–पटक छलफल गरेका थिए । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालनमा ल्याउने तयारी पनि गरिरहेको छ ।

७ जेष्ठ २०७५, सोमबार १६:३७

राजनीति

संविधान संशोधनको विषयमा मधेशी दलसँग सत्तारुढ दलको सहमति भइसकेको छ: प्रचण्ड

काठमाण्डौ, ७ जेष्ठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा मधेशी दलसँग सत्तारुढ दलको सहमति भइसकेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले मधेश केन्द्रित दललाई कसरी सरकारमा सहभागी गराउन सकिन्छ भन्नेबारे प्रधानमन्त्रीसहित छलफल भएको जानकारी पनि दिए ।

प्रचण्डले मधेशमा आधारित राजनीतिक दललाई सरकारमा ल्याउन पहल भइरहेको जानकारी दिंदै यस विषयमा छिटै सहमतिमा हस्ताक्षर हुनसक्ने बताए । उनले सरकारको नीति तथा कार्यक्रम चुनावी घोषणापत्रकै आधारमा आएको जानकारी दिए ।

नीति तथा कार्यक्रममार्फत् संविधान कार्यान्वयनका लागि तीनै तहमा संयोजन गर्नेगरी बजेट तयार हुनेसमेत उनले बताए ।

७ जेष्ठ २०७५, सोमबार १९:०५

नीति तथा कार्यक्रम कार्यान्वयनमा राजपाको आशंका

काठमाण्डौ, ७ जेष्ठ । राष्ट्रिय जनता पार्टी नेपालले नीति तथा कार्यक्रम कार्यान्वयनमा आशंका रहेको जनाएको छ ।

संसद भवन नयाँबानेश्वरमा सोमबार सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजेन्द्र महतोले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक २०७५–७६ को नीति तथा कार्यक्रमप्रति आफूहरूको कुनै समर्थन नरहेको समेत बताए । सविधान संशोधनप्रति यो नीति तथा कार्यक्रममा एक शब्द पनि प्रयोग नभएको भन्दै विरोध रहेको उनको भनाइ छ ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले पनि नीति तथा कार्यक्रमको विरोध गरे ।

७ जेष्ठ २०७५, सोमबार १८:५८

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा चूनौति रहेको कांग्रेसको प्रतिक्रिया

काठमाण्डौ, ७ जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा चूनौति रहेको जनाएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद भवनमा प्रतिक्रिया दिंदै कांग्रेसका बरिष्ठ नेता विजयकुमार गच्छदारले सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रै भएपनि अब कार्यान्वयनमा चूनौति रहेको प्रतिक्रिया दिए । कार्यक्रम राम्रो हुँदाहुँदै पनि त्यसलाई व्यवहारमा कसरी उतार्ने भन्ने कुरा मुख्य भएको उनको भनाइ छ ।

सरकारले नयाँ प्रतिबद्धतासहित नीति तथा कार्यक्रम ल्याएपनि कृषि तथा सिँचाईलाई फोकस नगरेको उनको भनाइ छ । त्यस्तै कांग्रेस महामन्त्री शशांक कोईरालाले नीति तथा कार्यक्रमबारे आफ्नो पार्टी कांग्रेसले आधिकारिक रूपमा भोलि वा पर्सी धारणा सार्वजनिक गर्ने जानकारी दिए । त्यस्तै कांग्रेस नेता नारायण खड्काले सरकारको नीति तथा कार्यक्रम दिशाहीन भएको टिप्पणी गरे ।

७ जेष्ठ २०७५, सोमबार १८:५०

अन्तराष्ट्रिय

आईपीएलको प्लेअफ अाजबाट सुरु, पहिलो भिडन्त सनराइजर्स र चेन्नाईबीच हुँदै

काठमाण्डौ, ८ जेष्ठ । इण्डियन प्रिमियर लिग आईपीएलमा मंगलबारबाट प्लेअफका खेलहरू सुरु हुँदैछन् ।

मंगलबार मुम्बईको बाङ्खडे स्टेडियममा हुने पहिलो क्वालिफायर खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावाद र तालिकाको दोस्रो स्थानमा रहेको चेन्नाई सुपरकिङ्स भिड्न लागेका हुन् ।

मंगलबार राति स्थानीय समयअनुसार ८ बजे दुई टिमबीच प्रतिस्पर्धा हुनेछ । सनराइजर्स हैदरावादको कप्तानी केन विलिम्सनले सम्हालेका छन् भने चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले लिइरहेका छन् ।

आजको विजेता आईपीएलको फाइनलमा प्रवेश गर्नेछ भने हार व्यहोर्ने टिमले बुधबार हुने कोलकाता र राजस्थान रोयल्सको विजेतासँग फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्न पाउनेछ ।

११ औं संस्करणको आईपीएलसम्म आइपुग्दा प्लेअफमा रहेका यी चार टिमले सात पटक उपाधि जितेका छन् । सर्वाधिक ३ पटक चेन्नाईले जित हात पारेको छ भने कोलकाताले २ पटक उपाधि उचालेको छ । त्यस्तै, राजस्थान रोयल्स र सनराईजर्स हैदरावादले समान एक–एक पटक उपाधिमाथि कब्जा जमाइसकेका छन् ।

८ जेष्ठ २०७५, मंगलवार १३:५५

विराटनगरस्थित फिल्ड अफिस हटाउने भारतको निर्णय

काठमाण्डौ, ८ जेष्ठ । भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने जनाएको छ ।

२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरूलार्इ भारतीय भूमि प्रयोग गर्न इजाजत दिनका लागि भारतीय दूतावासले विराटनगरमा फिल्ड अफिस खोलेको थियो । तर, अझैसम्म पनि उक्त अफिस हटाइएको छैन ।

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला फिल्ड अफिस बन्द गर्न पत्र काटिएको भएतापनि भारतले कुनै प्रतिक्रिया दिएको थिएन । तर, जेठ ५ गते नेपाल कम्युनिष्ट पार्टीको ५ जेठमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस तुरुन्त हट्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले घोषणा गरेको तीन दिनपछि भारतले उक्त फिल्ड अफिस हटाउने औपचारिक घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराइसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएकोले भारत सरकारले अफिस बन्द गर्ने र कर्मचारीलाई अन्यत्र लैजाने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

८ जेष्ठ २०७५, मंगलवार १२:१६

सन्दिपले अाजको खेलमा पनि लिए विकेट

काठमाण्डौ, ६ जेष्ठ ।  नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले जारी इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् । उनले आइतबार मुम्बई इन्डियन्स विरुद्धको खेलमा विकेट लिएका हुन् ।

द‍िल्ली डेयर डेभिल्सबाट पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले मुम्बई इन्डियन्सका सूर्यकुमार यादवलाई आउट गरेका हुन् ।

पहिलो बलमा चौका, दोस्रो बलमा छक्का दिएका सन्दिपले चौथो बलमा यादवलाई पेभिलियन फर्काएका थिए । तेस्रो बलमा २ रन दिएका उनले पाँचौमा १ र छैटौंमा कुनै रन दिएनन् । सन्दिपले पहिलो ओभरमा १३ रन खर्चिएर एक विकेट लिन सफल भएका हुन् ।

सन्दिपको टिम दिल्ली डेयर डेभिल्सले मुम्बईको सामु १७५ रनको चुनौति प्रस्तुत गरेको छ ।

६ जेष्ठ २०७५, आईतवार १८:५६

क्युबा विमान दुर्घटना: मृतकको संख्या ११० पुग्यो, ब्ल्याक बक्स भेटिएसँगै अनुसन्धान सुरु

हवाना, ६ जेष्ठ । क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या ११० पुगेको छ ।

मृत्यु भएकामध्ये ९९ जना क्युबाली नागरिक र बाँकी ११ जना विदेशी नागरिक रहेको जनाइएको छ । मृत्यु भएका विदेशीहरूमा चालक दलका छ जना सदस्य मेक्सिकोका नागरिक रहेका छन्।  दुर्घटनामा परेका मध्ये १९ वर्षका मैलेन, २३ वर्षका ग्रेटेल लान्ड्रोभेल र ३९ वर्षका इमिली सन्चेज गरी तीनजना मात्र जिवित रहेका थिए।

उनीहरूको अहिले पनि गम्भीर अवस्थामा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । यसैबीच दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स फेला परेको पनि बताइएको छ । अधिकारीहरूले एउटा ब्ल्याक बक्स भेटिएको र यसका आधारमा अनुसन्धान सुरु गरिएको जनाएका छन् ।

अधिकारीहरूले ब्ल्याक बक्स भेटिएपछि यसबाट अनुसन्धानको काम अब सहज हुने अौंल्याएका छन् । सन् १९८० यता क्युबामा भएको यो सबैभन्दा ठूलो दुर्घटना हो । त्यसैकारण पनि क्युबाको सरकारले शनिबार र आइतबार राष्ट्रिय शोकको घोषणासमेत गरेको छ ।

६ जेष्ठ २०७५, आईतवार १५:१३

समाचार